नाडा अध्यक्षमा ध्रुव थापा विजयी, १२ जना चौधरी र ५ जना थापा प्यानलबाट सदस्य निर्वाचित |
काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा वियजी भएका छन् । विहीबार भएको निर्वाचनमा उनी विजयी भएका हुन्। उनले एक हजार ४ सय १३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी करणकुमार चौधरीले एक हजार ३ सय ४७ मत ल्याएरका थिए ।
त्यसैगरी सदस्यतर्फ चौधरीको प्यानलका १२ जना र ध्रुव थापा प्यानलबाट ५ जना विजयी भएका छन् ।
मिलनबाबु मल्ल (१४६५), अनुपकुमार बराल (१४६३), राजनबाबु श्रेष्ठ (१४५७), सुरेन्द्र कुमार उप्रेती (१४३२) र सुनिल रिजाल (१४०२) मत प्राप्त गरी विजयी भएका छन् ।
त्यसैगरी सोही प्यानलबाट अभिक ज्योति (१३८३), प्रकाश कपुरी (१३७९), बिक्रम सिंघानिया (१३७१) र गोपाल भट्टराई (१३६५) मत प्राप्त गरी विजयी भएका छन् ।
त्यसैगरी निलमणि पाठक (१३५४), वरदान बस्नेत (१३५०) र पंकज अग्रवाल (१३३४) मत प्राप्त गरी विजयी भएका छन् ।
साथै, थापाको प्यानलबाट निराकर श्रेष्ठ (१३६४), यमुना श्रेष्ठ (१३५५), कपिल शिवाकोटी (१३४८), प्रदीपमान प्रधान (१३४६) र आकाश गोल्छा (१३३९) मत प्राप्त गरेका छन् ।
नाडा निर्वाचन समितिका अनुसार २७ सय ८८ मत खसेको थियो। यस्तै ७ जना संस्थागत सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। मोहनबाबु खड्का, तेजनारायण साह, शुभाष आचार्य, पुष्करराज ओझा, गणेश प्रसाद भट्टराई, सुदेश कुमार श्रेष्ठ र भद्र भण्डारी निर्विरोध निर्वाचित भएका हुन्।