प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न |
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौंं वार्षिक साधारणसभा मिति साल २०७८ मंसिर १९ गते आइतबारका दिन सम्पन्न भएको छ । कोभिड १९को जोखिम न्यनिकरणका लागि आवश्यक स्वास्थ्य सम्बन्धित सावधानी अपनाई भौतिक तथा जुममार्फत सभामा भाग लिन सक्ने व्यवस्था मिलाइएकोमा शेयरधनीहरुको भौतिक तथा जुम मार्फत समेत उल्लेख्य रुपमा उपस्थिती रह्यो ।
उक्त बार्षिक साधारण सभाबाट आर्थिक बर्ष२०७६ ०७७ को वित्तीय विवरणहरु पारित गरि सो आर्थिक बर्ष सम्मको मूनाफाबाट हाल कायम चूक्ता पुंजी २ अर्व ४१ करोड ७० लाख २३ रुपैयाँ रहेको शेयरधनीहरुलाई बोनश शेयर र सो बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ८७ प्रतिशतले हूने रकम समेतको व्यवस्था गरि बोनश शेयर बितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
उल्लेखित बोनश शेयर बितरण प्रक्रिया पुरा गरे पश्चात कम्पनीको चूक्ता पुंजी २ अर्व ७७ करोड ९६ लाख १५ हजार ५७६ रुपैयाँ हुने छ । साथै साधारण सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सात जना सञ्चालकहरुको समेत नियूक्ती/मनोनयन गरेको छ । यस कम्पनीले देशभरमा १५० भन्दा बढी स्थानहरुबाट जीवन बीमा सेवा उपलब्ध गराई आएको र आगामी बर्ष थप स्थानहरुबाट समेत सेवा दिने जनाएको छ ।
कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन वीमा क्षेत्रमा गरेको उपलब्धी र आगामी बर्षहरुमा शेयरधनीहरुलाई उचित प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागी रहेको सम्बन्धमा समेत शेयरधनीहरुलाई जानकारी गराइयो ।