नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत |
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरी २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोहि लाभांश वितरणको लागि बीमा समितिका साथै नेपाल सरकार (मन्त्रीस्तर) बाट समेत स्वीकृति पाएकाे हाे।
उक्त लाभांश अब कम्पनीको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।