सान्जेन जलविद्युत कम्पनीले बोलायो साधारण सभा |
काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले ११ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस १३ गते, स्मार्ट क्याफे धुम्बाराही काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्तावबीनै साधारण बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरण प्रस्तुत गरी छलफल गर्ने, नाफा नोक्सान, नगद प्रवाह विवरण सम्बन्धी विवरणहरु माथि छलफल गरी पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ५ गते देखि १३ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस ४ गतेसम्म कायम शेयरधनी साधारण सभामा सहभागी हुन सक्नेछन् ।