सनराइज बैंकले लाभांश पारित गर्न साधारण सभा बोलायो |
काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न चौधौं वार्षिक साधारण सभा बोलाएको छ ।
बैंक सञ्चालक समितिको मंसिर १६ गते सम्पन्न बैठकले पुस १५ गते आम्रपाली बैंक्वेट, बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले चुक्ता पूँजीको ६.६५ प्रतिशतको दरले हुन आउने ६३ करोड ९ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशतले हुन आउने ३ करोड ३२ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।
बैंकले हाल कायम अधिकृत पूँजी १० अर्ब रुपैयाँबाट १५ रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारि गर्नेछ । बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ पुग्नेछ ।
यस्तै बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुमा एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी समेत दिनेछ ।
बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १ गतेसम्म कायम शेयरधनीले मात्रै बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।