राप्रपाको महिला महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती शाही विजयी |

काठमाडौं । राप्रपाको महिला महामन्त्री पदमा नायिका रेखा थापा पराजित भएकी छन् । उनी कुन्ती शाहीसँगको प्रतिस्पर्धामा पराजित भएकी हुन् ।
शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा थापाले १ हजार ६ सय ४० मत पाएकी छन् ।
राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् ।