११ प्रतिशत लाभांश वितरण गर्न लक्ष्मी बैंकले तोक्यो बुकक्लोज |
काठमाडौं । लक्ष्मी बैंंकले गत आर्थिक वर्षको कमाइबाट साढे ११ प्रतिशत लाभांश वितरण गर्न बुकक्लोज मिति तय गरेको छ।
बैंककाे मंगलबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २४ गते बुकक्लोज गर्ने निर्णय गरेको हो। मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले बैंकले वितरण गर्ने ८ प्रतिशत बोनस र साढे ३ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश पाउनेछन्।
लाभांश वितरणको लागि बैंकले पुस ८ गते दिनको २ बजे अग्रवाल भवन कमलपोखरी काठमाण्डौमा साधारणसभा बोलाएको छ।