नाडा चुनाव: करण चौधरीले घोषणा गरे आफ्नो प्यानल |
काठमाडौं । नाडा अटो मोबाइल्स एशोसियस अफ नेपालको आगामी निर्वाचनका लागि अध्यक्षको प्रत्यासी करण चौधरीले आफ्नो प्यानल घोषणा गरेका छन । आगामी मंसिर २२ र २३ गते हुने निर्वाचका लागि चारपाग्रे,दुईपाग्रे,हेभि इक्युपमेन्टस्,टायर,लुब्रिक्यान्टस् लगायतका सबै क्षेत्रलाई समेटेर आफ्नो समूह सार्वजनिक गरेका हुन ।
चौधरीको प्यानलमा टाटाका राजनबाबु श्रेष्ठ, हिरोका अभिक ज्योति, महिन्द्राका वरदान बस्नेत र यामाहाका मिलनबाबु मल्ल पनि रहेका छन्। त्यस्तै नाडाको हाल कार्य समितिमा रहेका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती पनि चौधरीकै प्यानलमा रहेका छन्।
यसबाहेक विक्रम सिंघानिया, पंकज अग्रवाल, प्रकाश कपुरी, निलमणि पाठक, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारीले चौधरीको प्यानलबाट चुनाव लड्ने भएका छन्।
नाडाको ४५औँ साधारणसभा मंसिर २२ गते काठमाडौंमा हुँदै छ। अध्यक्षका प्रत्यासी करण चौधरीले प्यानल घोषणा भएपनि सर्बसम्मत नेतृत्व चयनका लागि अन्तिमसम्म प्रयास गरिरहने बताए ।
‘हामीले सबै सेक्टरलाई समेटेर प्यानल घोषणा गरेका छौं’ उनले भने ‘यो प्यानलले नेपाली आटो मोबाइल क्षेत्रलाई नयाँ उचाईमा पुर्याउछ।’ नाडामा अध्यक्षबाहेक १७ जना सदस्य निर्वाचित हुन्छन्।