नेपाल बैंकले पुस २ गतेका लागि बोलायो साधारण सभा |
काठमाडौं । नेपाल बैंक लिमिटेडले पुस २ गते ६२औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर ९ गतेको सञ्चालक समितिको बैठक बैंकको प्र्रधान कार्र्यालय, धर्मपथ, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल १६ प्रतिशत लाभांशलाई पनि अन्तिम रुप दिनेछ ।
बैंकको कात्तिक ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्तापूँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रुपैयाँ रहेको छ । बोनस पश्चात यो पूँजी १२ अर्र्ब ६३ करोड ६८ लाख रुपैयाँ पुग्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २० गतेसम्म कायम शेयरधनीहरु मात्र बैंकको यस वर्षको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।