थप ३३२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु |

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय १३ पुगेको छ।
बुधबार २३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ३६९ सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ७ हजार ५९० पीसीआर तथा २ हजार ३३० एन्टिजेन परीक्षण भएको छ।