मुस्ताङको जोमसोममा बुधबारदेखि बजाज डोमिनार २५० राइड |

काठमाडौं । बजाज मोटरसाइकल र डोमिनारको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आगाामी बुधबारदेखि मुस्ताङको जोमसोममा पाँच दिने राइड आयोजना गर्ने भएको छ । बजाज डोमिनार २५० का चालकहरूको लागि डोमिनार राइड संचालन गर्न लागिएको बजाजले जानकारी दिएको छ ।
जोमसोमसम्म गरिने यो डोमिनार राइड यही मंसिर१२ गतेसम्म सञ्चालन हुनेछ । डोमिनार चालकहरूको लागि तयार पारिएको पाँचदिने अल पेड ट्रिप ‘राइड योर ओन स्टोरीज’ थिममा आधारित रहेको बताइएको छ ।
सम्पूर्ण खर्च कम्पनीले ब्यहोर्ने यो राइडमा हरेक डोमिनार राइडरले डोमिनार २५० मा चढेर जोमसोम जाँदा रमाइलो अनुभव बटुल्ने बजाजको दाबी छ ।