बङ्गलादेश बैंकका नयाँ अध्यक्ष ए.आर.एम नजमुस शकिबद्वारा सपथ ग्रहण |

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको नव निर्वाचित संचालक समितिको बैठकबाट आगामी ४ वर्षे कार्यकालका लागि निर्वतमान अध्यक्ष ए.आर.एम नजमुस शकिबलाई नै बैंकको संचालक समितिको अध्यक्ष चयन गरेको जनाएको छ ।
अध्यक्ष ए.आर.एम नजमुस शकिबले नेपाल राष्ट्र बैंक तथा नेपाल बङ्गलादेश बैंकको उच्च पदस्थ अधिकारीहरुको समुपस्थितिमा २०७८ साल मंसीर ६ गते नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा ब्त्ः बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।