अपर स्याङ्गे हाईड्रोपावरकाे शेयर प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त |
काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावरले स्थानियबासी तथा सर्वसाधारणलाई निष्काशन गर्न लागेको ८ लाख ७० हजार कित्ता शेयरको लागि प्रभु क्यापिटललाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७८ मंसिर १ गते बुधबार सम्पन्न भयो ।
सम्झौतामा अपर स्याङ्गे हाईड्रोपावरको तर्फबाट कार्यकारी अध्यक्ष बिर बहादुर घले तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।
कम्पनीले लमजुङ्गको मस्र्याङ्गदी गा.पा ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । कम्पनीको भौतिक कार्य अन्तिम चरणमा रहेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा आवेदन दिने तयारीमा रहेको कम्पनीका कार्यकारी अध्यक्ष श्री बिर बहादुर घलेले जानकारी गराए ।