ग्लोवल आइएमई बैंकले साधारण सभा बोलायो, बुक क्लोज कहिले? |
काठमाडौं । ग्लोवल आइएमई बैंकले लाभांश पारित गर्न १५ औं बार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालन समितिको मंसिर २ गते बसेको बैठकले मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिस्ठान कमलादी काठमाडौंमा साधारण सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद गरी १३.५ प्रतिशत लाभांश पारित गर्नेछ ।
यस्तै बैंकको जारी पूँजी तथा जारी पूँजी बढाउनको लागि प्रबन्धपत्र, नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार मंसिर १२ गतेसम्म कायम शेयरधनीले मात्रै बैंकको लाभांश पाउनेछन् ।