सिद्धार्थ इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा बढ्यो |
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले बीमाशुल्क र नाफा दुबै बढेको वित्तीय विरवरण प्रकाशित गरेको छ । कम्पनीले खुद बीमाशुल्क २१.८१ प्रतिशतले र खुद नाफा ७.१५ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ७.१५ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ५ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि २१.८१ प्रतिशतले बढेर ३० करोड ५९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २५ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३६ करोड ७५ लाख रुपैयाँ, बीमा कोषमा एक अर्ब २ करोड ३३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड ८२ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी भने ८८ पैसाले घटेर १९ रुपैयाँ ४१ पैसामा सिमित भएको छ । यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनुपात ४४.९३ गुणा रहेको छ ।
कम्पनीले यस अवधिमा ६९ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यस अवधिमा कम्पनीले २ हजार ९३ वटा दाबी वापत २५ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ९ हजार ९५२ वटा दाबी वापत १ अर्ब ६२ करोड २८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।