राष्ट्रिय बीमा कम्पनी बीमाशुल्क र नाफा दुबै बढ्यो |
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलानामा १९.८८ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि २२.८३ प्रतिशतले बढेर ७ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशन वापत ७ करोड ५५ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट २ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब १७ करोड रुपैयाँ र बीमा कोषमा २ अर्ब ४६ करोड रुपैयाँ सञ्चित छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९३ रुपैयाँ १४ पैसा, प्रतिशेयर नेटवर्थ १२९२ रुपैयाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात ७५७.५८ गुणा रहेको छ ।
यस अवधिसम्ममा कम्पनीले ९ हजार २४६ वटा बीमालेख जारी गरी ४४ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै कम्पनीले ९२० वटा दाबी वापत २१ करोड ५८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।