सिआइटिको नाफा बढ्यो |
काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५.१३ प्रतिशतले नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १९ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ। जुन अघिल्ले वर्षको तुलनामा ३५.१३ प्रतिशतले धेरै हो।
कम्पनीको खुद ब्याज आम्दानी लगायतका अन्य आम्दानीहरु समेत बढ्दा उसकाे नाफा बढेको हो। यस अवधिमा कम्पनीको ब्याज आम्दानी ८६.८० प्रतिशतले बढेर ५ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने सेवा शुल्क तथा कमिशनमार्फत हुने आम्दानी २२ प्रतिशतले बढेर २८ करोड १२ लाख रुपैयाँ पुगेको छ।
यस गत एक वर्षमा कम्पनीले चुक्ता पूँजी ९९.३१ प्रतिशतले बढाएर ३ अर्ब २७ करोड रुपैयाँ पुर्याएको छ। पूँजी बढाए अनुसार आम्दानी बढाउन नसक्दा उसको प्रतिशेयर आम्दानी भने घटेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी भने ११ रुपैयाँ ४६ पैसाले घटेर २४ रुपैयाँ १३ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ छ।