युनियन लाइफको खुद बीमाशुल्क साढे २२ प्रतिशतले बढ्यो |

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ८३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २२.५२ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको खुद बीमाशुल्कसँगै नाफा पनि ४२.५२ प्रतिशतले बढेर ३ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले २ करोड ४१ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४१ पैसा, प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ २१ पैसा र मुल्य आम्दानी अनुपात ९१.२ गुणा रहेको छ ।