कामना सेवा विकास बैंकमा पुनःनियुक्त अध्यक्ष आचार्यको शपथ |

काठमाडौं । कामना सेवा विकास बैंकमा पुनर्नियुक्त अध्यक्ष सुदीप आचार्यले शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले आचार्यलाई शपथ दिलाएका हुन् । सपथग्रहण समारोहमा बैंकका निर्देशक विश्वम्भर सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रवीन बस्नेतलगायत उपस्थित थिए ।
कात्तिक २३ गते बसेको बैंक सञ्चालक समिति बैठकबाट आचार्यलाई बैंकको अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो । सोही दिन आयोजित बैंकको १५ औँ साधारणसभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट १९.४७ प्रतिशत लाभांश दिन प्रस्ताव पनि पारित गरेको थियो ।
साधारणसभाबाट संस्थापक समूहबाट सुदीप आचार्य, भीमप्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधारण समूहतर्फबाट देवकृष्ण काफ्ले, विश्वेश्वर सुवेदी र बलराम बराल निर्विरोध निर्वाचित भएका थिए ।