मिडियामा मदिराको विज्ञापन गर्न नपाइने व्यवस्था विरुद्ध सञ्चार उद्यमी एकजुट |

काठमाडौं । मिडियाका लगानीकर्ताहरूको संस्था नेपाल मिडिया सोसाइटी र रेडियो ब्रोडकास्टर्स फोरम नेपाल तथा नेपाल विज्ञापन संघले मिडियामा मदिराको विज्ञापन छाप्न पाउनुपर्ने तर्क राखेको छ । विज्ञापन बोर्डले मदिरा र सूर्तीजन्य पदार्थको विज्ञापन तत्काल नहटाए कारबाही गर्ने चेतावनी दिएपछि संयुक्त विज्ञप्ति जारी गर्दै यी तीन संस्थाले आपत्ति नै जनाएका छन् ।
कुनै ऐनको हवाला दिएर सरोकारवालासँग सामान्य छलफल समेत् नगरी यस्तो विज्ञप्ति आउनु दुःखद् भएको र भर्खरै कोभिडको मारबाट थलिएको मिडिया तथा विज्ञापन उद्योगको व्यवसाय नै बर्जित गर्नेगरी विज्ञप्ति आएको यी संस्थाले जिकिर गरेका हुन् ।
व्यवसायीबाट करोडौं रुपैयाँ असुलेर कुनै वस्तु वा सेवाको उत्पादन अनुमति दिने, आयात गर्न पनि दिने, बिक्री बितरण गर्न पनि दिने, उत्पादन उपभोग गर्न पनि दिने, त्यसैबाट अर्बांै रुपैयाँ राजस्व पनि उठाउने, अनि त्यसको बिज्ञापन गर्नु चाहिँ अपराध हुने कुरा न्यायसंगत नहुने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिः