जनरल इन्सुरेन्सको नाफा ६१.२५% ले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा जनरल इन्सुरेन्सको खुद नाफा ६१.२५% ले बढेर ३ करोड ८३ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ३७ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको बिमा कोषको आकार ९२.०६% ले बढेर १२ करोड ८ लाख ५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषको आकार ६ करोड २९ लाख रुपैयाँ थियो ।
यता, खुद बिमा शुल्क भने २५.२७% ले घटेर ७ करोड २८ लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ९ करोड ७५ लाख ४१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८३ पैसाले बढेर १५ रुपैयाँ ३४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४९ पैसा छ ।