नेरुडे लघुवित्तको नाफा ३१६.३५% ले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेरुडे लघुवित्त वित्तीय संस्थाले ४ करोड ७५ लाख लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३१६.३५% ले धेरै हो । गत वर्ष कम्पनीले १ करोड १४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यो त्रैमासमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी पनि क्रमशः ७८.६६% र ६०.०३% ले बढेको छ ।
असोज मसान्तसम्म कम्पनीले फसेको ५ करोड २२ लाख रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । यसले गर्दा कम्पनीको नाफा ह्वात्तै बढ्न पुगेको छ । नेरुडेको कर्जा लगानी र निक्षेप संकलन क्रमशः ९.४०% र ४५.५९% ले बढेको छ । हाल यसको चुक्ता पुँजी ४९ करोड ३८ लाख रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा भने ७१ करोड रुपैयाँ रहेको छ ।
यसको खराब कर्जा थोरैले घटेर ४.६८% पुगेको छ । अघिलो वर्ष खराब कर्जा ४.७१% थियो । यो मसान्तसम्म आइपुग्दा नेरुडेको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३३ पैसाले बढेर ३८ रुपैयाँ ५२ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ ८७ पैसा छ ।