चिलिमेको नाफा घट्यो |
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
कम्पनीले सो अवधिसम्ममा २० करोड ९८ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.०१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घट्न पुगेको हो।
सो अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ३५ करोड १६ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३७ प्रतिशत कम हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ५.४२ प्रतिशत घटेको छ भने वित्तीय आम्दानी १०.१७ प्रतिशत घटेको छ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने रिटेन्ड अर्निङ्ग १०.९० प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैया २८ पैसा घटेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४५.१ गुणा रहेको छ।