पुस १ गतेदेखि दक्षिण कोरियाको रोजगारीका लागि भाषा परीक्षा |

काठमाडौं । रोजगारीका लागि दक्षिण कोरियामा जानका लागि लिइने भाषा परीक्षा पुस १ गतेबाट सञ्चालन हुने भएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) शाखा ग्वार्कोले सूचना जारी गर्दै आगामी पुस १ गतेदेखि भाषा परीक्षा हुने जनाएको हो ।
यसअघि भाषा परिक्षा पास गरेकाहरु रोजगारीका लागि बाँकी रहेकै बेला इपिएस शाखाले भने परिक्षाको मिति सार्वजनिक गरेको हो ।
शाखाका अनुसार परीक्षा कम्प्युटरमा आधारित (पेपरलेस) हुनेछ। उक्त परीक्षा पुस ७ गतेसम्म चल्नेछ।