घट्यो नाडेप लघुवित्तको नाफा |
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ९४ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९.३८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ५६ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.९० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७९.७७ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २२.१८ प्रतिशत घटेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष ३२.०८ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको सापटी १४.०८ प्रतिशत घटेको छ भने निक्षेप १४.७५ प्रतिशत र कर्जा ५.२७ प्रतिशत बढेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ९ पैसाबाट ३५ रुपैयाँ ७९ पैसा घटेर ९ रुपैयाँ ३० पैसामा झरेको छ। असोज मसान्तसम्ममा, लघुवित्तको प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ८६ पैसा रहेको छ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र यस लघुवित्त बीच प्राप्ति सम्झौता भएले २०७७ पुस १६ देखि लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ।