एचआईडिसीएल र इन्फिनिटी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत |
काठमाडौं । हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचीकृत भएको छ ।
बिहीबार एचआईडिसीएलको ७ करोड ७० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले साउन ५ गते देखि भदौ ८ गतेसम्म १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्काशन गरेको थियो ।
त्यस मध्ये ७ करोड ७० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस्तै इन्फिनिटी लघुवित्त वित्तीय संस्था को पनि ६ लाख ३९ हजार ५३५.२२ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले साविकको नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरे पश्चात कायम शेयर नेप्सेमा सूचीकृत भएको हो ।
दुबै कम्पनीको शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।