शिवश्री हाइड्रोपावर नोक्सानीमा |
काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा रहेको छ।
कम्पनीले सो अवधिसम्ममा १० करोड ३३ लाख ३० हजार रुपैयाँ नोक्सानी व्यहोरोको छ। सो अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ४ करोड ३६ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको छ। त्यसैगरी, कम्पनीले १ करोड रुपैयाँ अन्य आम्दानी गरेको छ।
असोज मसान्तसम्ममा कम्पनीले ३ करोड ५२ लाख ६१ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यद्यपि, कम्पनीको १२ करोड ९५ लाख ८९ हजार रुपैयाँ वित्तीय खर्चका कारण नोक्सानी व्यहोरेको हो।
सो अवधिसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ४४ करोड ४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ८ करोड ४९ लाख १९ हजार रुपैयाँ ऋणात्मक रहेको छ।
सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ १० पैसा रहेको छ।