मेगा बैंकको १२.०७ प्रतिशत लाभांश प्रस्ताव |

काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने जनाएको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
शेयरधनीलाई बोनस शेयर वितरण गरेपछि बैंकको चुक्ता पूँजी १६ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ ।