शाओमीले नेपाली बजारमा ल्यायो ‘शाओमी प्याड ५’ |
काठमाडौं । शाओमी नेपालले शाओमी प्याड ५ को औपचारिक रुपमा सार्वजनिक गर्दै आफ्नो शाओमी प्याडको सिरिजलाई विस्तार गरेको छ ।प्याड ५ सार्वजनिक गर्दै कम्पनीले प्रयोगकर्ताहरूको अनुभवलाई स्तरमा लैजान स्लीक प्याड फोन बजारमा ल्याएको बताएको छ । टु टु लाइफ भ्युइन्गएक्पेरियन्समा आधारित यस फोन इमर्सिभ क्वाड स्टेरियो स्पिकर र २२.५ वाटको इन–बक्स चार्जरसहित ८७२० एमएएचको उच्च क्षमताको ब्याट्रीमा उपलब्ध रहेको छ ।
प्याड ५ बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘शाओमी प्याड ५ एक अल–इन–वान ट्याब्लेट हो जुन अनुकूल छ र आवश्यकताअनुसार कार्यस्थान र मनोरञ्जन उपकरण दुवैको रूपमा प्रयोग गर्न सकिन्छ । घरमा हुँदा वा अफिसमा हुँदा, यसको उत्पादकता–अनुकूल सुविधाहरूले तपाईं कार्यरत हुनु भएको कुरालाई सुनिश्चित गर्दछ । बिल्ट–इनलो ब्लू लाइट टेक्नोलोजी र ट्रु डिस्प्लेका साथ शाओमी प्याड ५ ले आँखामा पर्ने तनावलाई न्यूनीकरण गरेर सुरक्षित र सहज दृश्यको अनुभव प्रदान गर्दछ ।’
यसको क्वालकमस्न्याप्ड्रा गन ८६० मोबाइल प्लेटफर्म र ८७२० एमएएच ब्याट्रीले यसको प्रडक्टिभिटी सुइटलाई शक्ति प्रदान गर्दछ । इमर्सिभ क्वाड स्टेरियो स्पिकरहरू भएकोले मनपर्ने टिभी कार्यक्रम हेर्नको लागि इमर्सिभ मनोरञ्जन उपकरणको रूपमा समेत सेलफोनलाई प्रयोग गर्न सकिन्छ’ कोठारीले भने ।