सनराइज बैंकले गर्यो ७ प्रतिशत लाभांश घोषणा |
काठमाडौं । सनराइज बैंकले लाभांश घोषणा गरेको छ । सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.३५ प्रतिशत नगद लाभांश गरि कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभा्रश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीकोे आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रहेको छ ।