रिडी हाइड्रोपावरको शेयर कारोबार रोक्का |

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।
नेप्सेले मर्जर प्रयोजनार्थ कम्पनीको शेयर कारोबार रोक्का गर्न लागेको हो । रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर एक आपसमा गाभिन लागेको हो। यी दुई कम्पनीले कात्तिक १७ गते एक आपसमा गाभिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
दुबै कम्पनीको संयुक्त कारोबार शुरु नहुन्जेलका लागि दोस्रो बजारमा रिडी हाइड्रोपावरको कारोबार रोक्का गरिएको हो ।