ग्लोबल आइएमई लघुवित्तले गर्यो आकर्षक प्रगति |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तले आकर्षक प्रगति गरेको छ । यसअवधिमा खुद नाफा २००.१२% ले बढेर ५ करोड ५३ लाख ३४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ८४ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी बढेकाले नाफा बढ्न सहयोग पुगेको हो । खुद ब्याज आम्दानी १०१.७७% ले बढेर १४ करोड ५१ लाख ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड १९ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।
सञ्चालन नाफा १३.४०% ले बढेर ३ करोड ३१ लाख ८७ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८६ पैसाले बढेर ५१ रुपैयाँ २१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ ७३ पैसा छ ।