गरिमाको खुद नाफा १२७.०५% वृद्धि |
काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ४४ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १२७.०५% ले बढेको हो ।
खुद ब्याज आम्दानी ५१.५८% ले मात्र बढेपनि सञ्चालन नाफा १२६.९५% ले सुधार भएपछि खुद नाफामा आकर्षक वृद्धि भएको हो । गरिमाको निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ ।
यता, पहिलो त्रैमाससम्म आइपुग्दा गरिमाको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४ पैसाले बढेर वार्षिक २० रुपैयाँ ७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा छ । बैंकको रिजर्भ कोष पनि ५१.२७% ले बढेर १ अर्ब १० करोड रुपैयाँ नाघेको छ । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई एक्वायर गरेर कात्तिक २८ गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेको छ ।