स्मार्ट च्वाइसको अध्यक्षमा सुमन पोखरेल नियुक्त |

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिजको सञ्चालक समितिको अध्यक्षमा सुमन पोखरेल नियुक्त भएका छन् । कम्पनी संचालक समितिको यहिँ कार्तिक १५ को बैठकबाट पोखरेललाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
स्मार्ट च्वाईसको नवनियुक्त अध्यक्ष पोखरेललाई कात्तिक १७ गते नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा.नीलम ढुङ्गाना तिम्सिनाले पद तथा गोपनियताको सपथ गराएका हुन् । कार्यक्रममा डेपुटी गर्भनर डा. तिम्सिनाले यस क्षेत्रमा कार्यरत कम्पनीहरुले सुरक्षा संवेदनशीलता, कारोवारको गोपनियता र नीतिगत व्यवस्थाको परिपालनामा ध्यान दिनु पर्ने बताईन् । साथै, मूलुकको डिजिटल इकोसिस्टमको विकासमा सबै पक्षको सहयोग र सहभागिता जरुरी रहेको बताउदै उनले नेपाल राष्ट्र बैंक र यस क्षेत्रमा कार्यरत संस्थाहरुको सहकार्यबाट मात्र प्रगति सहज हुने बताईन् ।
कार्यक्रममा अध्यक्ष पोखरेलले आधुनिक भुक्तानी प्रणालीको विकासमा नेपाल राष्ट्र बैंकको बिद्युतीय भुक्तानीलाई प्रवद्र्घन गर्दै जाने नीति अनुसार नयाँ सेवा तथा सुविधा प्रदान गरी यस क्षेत्रको विकासका लागि सधैं अग्रसर रहने बताए । साथै नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने निर्देशन तथा मार्गदर्शनलाई पूर्ण पालना गर्दै अघि बढन प्रतिवद्घता व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंल, निर्देशक निश्चल अधिकारी, उप निर्देशक तिर्थ ओझाका साथ स्मार्टच्वाईसका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुको उपस्थिति रहेको थियो ।