सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त |

काठमाडौं । सानिमा बैंक लिमिटेडको संचालक समिति अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त भएका छन् ।
बैंक संचालक समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गरेको हो । पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट ओहोदाको सपथ ग्रहण गरेका छन् ।
पौडेल बैंक संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि सञ्चालक रहिआएका थिए । नर्वेबाट जलविद्युत विकासमा स्नातकोत्तर गरेका पौडेल पेशाले हाइड्रोपावर र हाइड्रोलिक इन्जिनियर हुन् । उनी जलविद्युत विज्ञका रुपमा पनि परिचित छन् ।