फर्स्ट माइक्रोफाइनान्सले लाभांश पारित गर्न साधारण सभा बोलायो |
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।
लघुवित्त सञ्चालक समितिको कार्तिक १३ गते बसेको बैठकले मंसिर १६ गते बिहान ११ बजे, आम्रपाली व्याङ्केट, भाटभाटेनी काठमाडौंमा साधारण सभा बोलाउने निर्णय गरेको हो ।
साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशत अर्थात ८ करोड ७६ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत अर्थात ४६ लाख १४ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले मंसिर ५ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार मंसिर २ गते सम्म कायम शेयरधनीले मात्रै लघुवित्तको लाभांश पाउनेछन् ।