नेपाल पुनर्बीमालाई इक्रा नेपालद्वारा ‘इक्राएनपी आइआर डबल ए मइनस’ रेटिङ्ग प्रदान |
काठमाडौं । रेटिङ्ग एजेन्सी इक्रा नेपालले नेपाल पुनर्बीमा कम्पनी लाई रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आइआर डबल ए मइनस रेटिङ्ग प्रदान गरेको हो ।
याे रेटिङ्गले कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने उच्च क्षमता रहेको जनाउँछ । यस्तै कम्पनीको कर्जा जोखिम पनि न्युन रहेको जनाउँछ ।