मल्टीपर्पस फाइनान्सको नाफा संकुचन |
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार फाइनान्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा फाइनान्सले दुई लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८०.०६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सल १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानी बढेतापनि फाइनान्सले इम्पेरिमेन्टको लागि रकम छुट्याउदा र सञ्चालन आम्दानी घट्दा फाइनान्सको नाफा खुम्चिएको हो।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १९६.८५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९७.९० प्रतिशत घटेको छ। फाइनान्सको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ३९४ प्रतिशत छ।
चालु आर्थिक वर्षको तीन महिनामा फाइनान्सको जगेडा कोष ११.४० प्रतिशत बढेको छ। त्यसैगरी, फाइनान्सको निक्षेप १६.६२ प्रतिशत बढेको छ भने कर्जा परिचालन २५.५० प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तयि विवरण अनुसार फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी २१ पैसामा भएको छ। यस अवधिसम्ममा फाइनान्सको निष्कृय कर्जा अनुपात १.२५ प्रतिशत रहेको छ।