मुक्तिनाथ विकास बैंकको नाफा १७.४८% ले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकले ३४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १७.४८% ले धेरै हो । गत वर्ष बैंकले २९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको वितरण योग्य नाफा ५२८.३६% ले बढेर ९५ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४१.८३% र १७.४८% ले बढेको छ । यसको खराब कर्जा ०.२३% छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा छ ।