समता घरेलु लघुवित्तको लाभांश प्रस्ताव |
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफा लाभांश प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको कार्तिक १५ गते बसेको बैठकले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले चुक्ता पूँजी २८ करोड ५६ लाख रुपैयाँको २० प्रतिशतले हुने आउने ५ करोड ७१ लाख रुपैयाँ बराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने १ करोड ४२ लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको अनुमति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
साविकको समता लघुवित्त र घरेलु लघुवित्त वित्तीय संस्थाबीच गाभ्ने/गाभिने सम्बन्धि कार्य भई २०७८ बैशाख २ गते देखि एकिकृत कारोबार शुरु गरिएकोले आयकर ऐन २०५८ अनुसार लाभांशमा कर छुटको व्यवस्था छ । त्यस अनुसार लघुवित्तले वितरण गर्ने लाभांशमा कर लाग्ने छैन् ।