आरएमडिसी लघुवित्त नाफा ३३३ प्रतिशतले बढ्यो, ईपिएस १०१ रुपैयाँ पुग्यो |
काठमाडौं । आरएमडिसी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २६ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको नाफा ३३३.१६ प्रतिशतले बढेको हो।
गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ६ करोड ५ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो।
लघुवित्तले गैर सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि हुँदा लघुवित्तको नाफामा आर्कषक बढोत्तरी भएको हो। यास अवधिमा लघुवित्तले ३० करोड ९८ लाख रुपैयाँ गैर सञ्चालन आम्दानी गरेको छ।
नाफामा उल्लेख्य सुधार भएसँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा समेत वृद्धि भएको पाईन्छ। यस अवधिमा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १०१ रुपैयाँ ५० पैसा कायम भएको छ।
असोज मसान्तसम्ममा लघुवित्तले १२ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी १९.५६ प्रतिशतले बढेको हो।
चुक्ता पूँजी एक अर्ब ३ करोड ४२ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा दुई अर्ब १० करोड रुपैयाँ सञ्चित गरेको छ। समीक्षा अवधिसम्ममा लघुवित्तले ९ अर्ब ४४ करोड १४ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण लिएर १२ अर्ब ३९ करोड ९१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।
यस अवधिमा लघुवित्तको निष्कृय कर्जा अनुपात ०.०५ प्रतिशत रहेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ २९४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १४.७३ गुणा रहेको छ।