पछिल्लो २४ घण्टामा ४०८ जना कोराेना संक्रमित थपिए, ८ जनाले ज्यान गुमाए |

काठमाडौं । पछिल्लो २४ घण्टामा ४०८ जना कोराेना संक्रमित थपिएका छन् । पाँच हजार ७३१ पीसीआर परीक्षणमा ३७६ जनामा र दुई हजार १६८ एन्टिजेन परीक्षणमध्ये ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित अपटेड अनुसार आइतबार संक्रमणका कारण ज्यान गुमाउने ८ जना रहेका छन् । यस्तै सोहि अवधिमा ५१७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
आज थपिएका संक्रमितमध्ये उपत्यकाका कुल १२२ जना रहेका छन् । जसमध्ये काठमाडौंका ९९ जना, ललितपुरका १३ जना र भक्तपुरका १० जना रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।