महुली लघुवित्तकाे २६ प्रतिशत बोनस घोषणा |
काठमाडौं । महुली लघुवित्त वित्तयि संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। लघुवित्त सञ्चालक समितिको शनिबार बसेको बैठक लाभांश प्रस्ताव गरेको हो।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २२ करोड ३९ ला ४४ हजार रुपैयाँको २६ प्रतिशत अर्थात ५ करोड ८२ लाख २५ हजार ४४० रुपैयाँ बराबर बोनस शेयर प्रस्ताव गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात लघुवित्त आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।
लघुवित्तको हालको चुक्ता पूँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको छ उक्त प्रस्तावित बोनस वितरणपछि लघुवित्तको को चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार रूपैयाँ पुग्नेछ।