पोखरा फाइनान्सको अधिकांश सूचकमा सुधार |
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिमा अधिकांश सूचकमा सुधार देखिएको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा फाइनान्सले १२ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.०८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ८ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी र सञ्चालन मुनाफा बढेसँगै फाइनान्सको नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी २२.९७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५६.११ प्रतिशत बढेको छ। त्यसैगरी, फाइनान्सको नेट फि तथा कमिशन आम्दानी समीक्षा अवधिमा ११३.१८ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ८ करोड ३८ लाख रुपैयाँ रहेको छ। ९ करोड ३२ लाख ७१ हजार रुपैयाँ ओपनिङ्ग ब्यालेन्सका कारण फाइनान्सको वितरण योग्य मुनाफा बढी देखिएको हो।
समीक्षा अवधिमा फाइनान्सको जगेडा कोष १.३९ प्रतिशत घटेको छ। त्यसैगरी, फाइनान्सको निक्षेप १.२४ प्रतिशत बढेको छ भने कर्जा १६.४७ प्रतिशत बढेको छ।
नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ३६ पैसाबाट १८ पैसा बढेर ५४ पैसा पुगेको छ। असोज मसान्तसम्ममा, फाइनान्सको मूल्य आम्दानी अनुपात १०९२.५९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ८४ पैसा रहेको छ।