नेपाल पुनर्बीमाका नवनियुक्त अध्यक्ष घिमिरेद्धारा शपथ ग्रहण |

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा. रवीन्द्र घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट अध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
मन्त्रिपरिषद्को कात्तिक ८ गते बसेको बैठकले डा. घिमिरेलाई नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा नियुक्त गरेको थियो ।