डिप्रोक्स लघुवित्तको नाफा सामान्य घट्यो |
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिमा लघुवित्तको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा पनि गिरावट देखिएको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १७ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.३७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १९ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले उल्लेख्य खराब कर्जा उठाएका कारण नाफा बढेको थियो। यद्यपि, सो अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने ऋणात्मक रहेको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.२० प्रतिशत घटेको छ भने ११ करोड ९ लाख ऋणात्मकबाट २३ करोड २ लाख धनात्मक भएको छ। सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण लघुवित्तको सञ्चालन मुनाफा धनात्मक बन्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३८ प्रतिशत बढेको छ भने जगेडा कोष ११.८० प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी २४.१७ प्रतिशत र निक्षेप ३१.३७ प्रतिशत बढेको छ भने कर्जा २७.८६ प्रतिशत बढेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ७८ रुपैयाँ ८१ पैसाबाट २८ रुपैयाँ ७७ पैसा घटेर ५० रुपैयाँ ४ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ३२ पैसा रहेको छ।