मिर्मिरे लघुवित्तको नाफा १९३.३३ प्रतिशतले बढ्यो |
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिमा लघुवित्तको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ६ करोड ३७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९३.३३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११५.७१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १९३.३३ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ८.१३ प्रतिशत बढेको छ भने जगेडा कोष १७०.७६ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ९२.७३ प्रतिशत र निक्षेप ३७.०८ प्रतिशत बढेको छ भने कर्जा ७४.५० प्रतिशत बढेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६१ पैसाबाट ३७ रुपैयाँ १ पैसा बढेर ५८ रुपैयाँ ६२ पैसा पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ६५ पैसा रहेको छ।