शेयर बजारमा ब्याजदर बृद्धिको असर कायमै ,नेप्से ७७ अंकले घट्यो |
काठमाडौं । साताको तेस्रो दिन पनि शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । मंगलबार पनि शेयर बजारमा ब्याजदर बृद्धिको असर कायमै देखिएको छ।
बैंकहरुले सोमबार ब्याजदर बढेको सूचना निकालेपछि शेयर बजार निरन्तर उच्च अंकले घट्न थालेको छ।नेप्से परिसूच्क ७७ दशमलव ३३ अंकले घटेर २ हजार ५ सय १० दशमलव ७३ अंकमा झरेको छ ।
मंगलबार कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको नेप्से परिसूचक मध्यान्ह १०७ अंकसम्म घटेको थियो । पछि थामिएको बजार अन्तमा ७७ अंकले घटेर बन्द भएको हो ।