फोर्ड गाडीमा समस्या भए एक कलमै दिनेछ कम्पनीले सेवा |

काठमाडौं । फोर्ड नेपालको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले यस चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झन्झटरहित यात्राको लागि रोड साइड असिस्टेन्सको घोषणा गरेको छ ।
दसैँ तिहारलाई मध्यनजर राख्दै ग्राहकको सुविधाका लागि रोडसाइड असिस्टेन्सको योजना ल्याएको हो ।
फोर्ड नेपालले नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गर्दै दुई स्थान (सिन्धुली र कुरिनटार) मा सर्भिस क्याम्प नै स्थापना गरी ग्राहकलाई सेवा प्रदान गर्नेछ ।