ज्योति लाइफका संचालक जयन्त कुमार अग्रवाल राउन्ड टेबल इन्टरनेशनलको उपाध्यक्षमा निर्वाचित |

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संचालक जयन्त कुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैर नाफामूलक संस्था राउन्ड टेबल नेपालको तर्फबाट राउन्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुन् ।
अग्रवालले राउन्ड टेबल इन्टरनेशनलको उपाध्यक्षको कार्यकाल समाप्ती पछि राउन्ड टेबल इन्टरनेशनलका अध्यक्षका रुपमा कार्य गर्नेछन् । राउन्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो ।